झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्ता गराउनु भएको छ ।
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली हिजो नै झापा आइपुग्नुभएको हो ।
अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकहरू समेत तोकिएको छ । झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार संघीय संसद्का लागि अध्यक्ष ओलीको उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओलीलाई तोकिएको छ ।
यसैगरी प्रस्तावकहरुमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाललाई तोकिएको छ । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्कीलाई तोकिएको छ ।
२०७४ सालको निर्वाचनमा पनि अध्यक्ष ओली सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।



















प्रतिक्रिया