झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउने बताउनु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा बहुमत ल्याउन सक्ने अध्यक्ष ओलीले बताउनु भयो ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्तापछि पत्रकारहरुसँग भन्नुभयो, ‘मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउछ ।’
अध्यक्ष ओलीले आज मनोनयन दर्ता गर्नुहुने सवै उम्मेदवारलाई शुभकामना समेत दिनुभयो ।
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गर्नुभएको थियो । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली हिजो नै झापा आइपुग्नुभएको हो ।








प्रतिक्रिया