अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनोनयन दर्तापछि पोखरेलले भन्नुभयो: जनताको मन जित्ने काम गरेका छौं, जीत सुनिश्चित

मनोनयन दर्तापछि पोखरेलले भन्नुभयो: जनताको मन जित्ने काम गरेका छौं, जीत सुनिश्चित


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभएको छ ।

काठमाडौं ५ मा उम्मेदवारी दर्तापछि सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै उहाँले एमालेले जनताको मन जित्ने काम गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन । हामीले अघि सारेका विचार, गरेका काम र योजना नै मुख्य आधारमा भनेको हुन् । हामीले जनताको मन जित्ने काम गरेका छौं ।’

दलीय प्रणालीमा आफ्नो अभिमत प्रकट गर्न सबै स्वतन्त्र हुने उहाँले बताउनुभयो ।

यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी हुनुभएको थियो। अहिले कांग्रेसले युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ ।