रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराउनुभएको छ ।
उपाध्यक्ष पौडेलले रुपन्देही २ बाट बुटवल उपमहानगर रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न् । यो क्षेत्रबाट नेता पौडेलले तीन पटक लगातार निर्वाचन जित्नुभएको छ । उहाँसँगै प्रदेशसभा सदस्यका लागि एमालेबाट पूर्वसांसद भोजप्रसाद श्रेष्ठ तथा लिला गिरीले उम्मेदारी दर्ता गराउनुभयो ।
निर्वाचन कार्यालयका अनुसार अबको केही समयपछि अन्य दलका लागि समय दिइएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट यो क्षेत्रमा संघमा नेकपा एसका राजु गुरुङ तथा प्रदेश कमा माओवादीका बामदेव क्षेत्री र ख मा कांग्रेसका दीर्घबहादुर केसीले उम्मेदारी दिने तयारीमा छन् ।






प्रतिक्रिया