झापा- नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले झापाको क्षेत्र नं २ बाट उम्मेद्वारी दर्ता गर्नुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईको प्रस्तावमा प्रदेश नं १ का इन्चार्ज घिमिरेले उम्मेद्वारी दर्ता गर्नु भएको हो ।
आफ्नो उम्मेद्वारी मुख्य गरी दुई कुराको लागि भएको बताउनुभएको छ । विर्तामोडमा उम्मेद्वारी दर्ता गरेपछि पत्रकारहरुसँग कुरा गर्द घिमिरेले प्रशासनिक शुद्धता र समृद्धिका आधार निर्माण आफ्नो उम्मेद्वारीको मुख्य उद्धेश्य रहेको घिमिरेले बताउनुभयो ।
‘मेरो उम्मेद्वारी प्रशासनिक सुधार र समृद्धिको आधार निर्माणका लागि हो’ घिमिरेले भन्नुभयो ‘यी दुई कुरालाई कार्यन्वयन गर्न सकियो भने समाजवादमा पुग्न धेरै समय लाग्दैन ।’
घिमिरेसँगै प्रदेश क बाट चिन्तन पाठक र ख बाट एकराज कार्कीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।






प्रतिक्रिया