भोजपुर – भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवारी दिनुभएको छ ।
भोजपुर प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार हुन् ।
बागी उम्मेदवारी दिने चापागाईं नेपाल तरूण दलका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य हुन् । दुवैजना एउटै स्थानीय तह षडानन्द नगरपालिकाका हुन् ।
आफू गठबन्धनको विरोधी नभएको तर धरातल विचार नगरी केन्द्रले टिकट वितरण न्यायोचित रूपमा नगरेकाले कार्यकर्ताको भावनाअनुसार अघि बढेको चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो इच्छा र चाहना नेताहरूले बुझेनन् । तालमेलका नाममा जिल्लाभरि २ हजार भोट नभएकालाई १८ हजार कसरी खन्याउन सकिन्छ ?’
गठबन्धनमा भोजपुरको संघ माओवादी, प्रदेश (क) नेकपा एस र प्रदेश (ख) कांग्रेसले पाएको छ । माओवादीबाट सुदन किराँती, एसबाट मुख्यमन्त्री राजेन्द्र राई र कांग्रेसबाट जिल्ला सभापति विनोद बान्तवा मैदानमा छन् ।






प्रतिक्रिया