अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-१ मा एमालेबाट मन्जु चौधरीको उम्मेदवारी दर्ता

उदयपुर-१ मा एमालेबाट मन्जु चौधरीको उम्मेदवारी दर्ता


उदयपुर – नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज मन्जु चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि उदययपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

आज दिउँसो २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय त्रियुगा नगरपालिका बोक्सेमा नाराजुलुससहित पुगेर नेता चौधरीले उमेदवारी दर्ता गराउनु भएको हो ।  

२०७० सालको चुनावमा विजयी हुनुभएकी थियो। उहाँ सहरी विकास राज्यमन्त्रीसमेत हुनुभएको थियो ।

यस्तै,  क्षेत्र नं. १ (क) मा कुशलबाबु बस्नेतलाई एमालेले उम्मेदवार बनाएको छ । सो क्षेत्रमा यसअघि बिमल कार्कीले टिकट पाए पनि अन्तिममा बस्नेतलाई नेकपा एमालेले टिकट दिएको हो ।

त्यस्तै क्षेत्र नं. १ (ख) मा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य इश्वरमणि राउतले उम्मेदवारी दिनुभएको छ । उहाँ एमालेका निवर्तमान जिल्ला अध्यक्ष समेत हुन्।

सत्ता गठबन्धनबाट क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता डा. नारायणले उम्मेदवारी दिनुभएको छ ।