अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर-२ मा ४४ जनाको उम्मेदवारी दर्ता

ललितपुर-२ मा ४४ जनाको उम्मेदवारी दर्ता


ललितपुर – प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ का लागि २३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका लागि विभिन्न दलबाट १४ र नौ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको समयभित्रै उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने मध्ये एक महिला हुनुहुन्छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ का लागि पाँचदलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेका तर्फबाट प्रेम महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेशसभा ललितपुर २ (क) निर्वाचन क्षेत्रका लागि १० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा विभिन्न दलबाट आठ र दुई स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा सदस्यका लागि दावेदारमध्ये दुई महिला उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभा ललितपुर २ (क) लागि पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी रिशा श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ भने ९एमालेको तर्फबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा ललितपुर २ (ख) का लागि ११ उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा विभिन्न दलबाट आठ र तीन स्वतन्त्र उम्मेदवार छन् ।  प्रदेशसभा सदस्यका लागि दावेदारमध्ये  दुई महिला उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभा ललितपुर २ (ख) लागि पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण चित्रकारले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेका तर्फबाट ज्ञानेन्द्र शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । चित्रकार विसं २०६५ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने शाक्य निवर्तमान प्रदेशसभा सदस्य हुनुहुन्छ ।