अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर-३ मा ४३ जनाको उम्मेदवारी दर्ता

ललितपुर-३ मा ४३ जनाको उम्मेदवारी दर्ता


ललितपुर – प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का लागि २२ जनाको उम्मेदवारी परेको छ । पाँचदलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पम्फा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेका तर्फबाट अमृत खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेशसभा ललितपुर ३ (क) निर्वाचन क्षेत्रका लागि १२ उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा ललितपुर ३ (क) लागि पाँचदलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेका तर्फबाट रघुनाथ महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेशसभा ललितपुर ३ (ख) का लागि नौ उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा ललितपुर २ (ख) लागि पाँचदलीय गठबन्धनबाट कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेका तर्फबाट प्रेमभक्त महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जितेन्द्रकुमार श्रेष्ठ कांग्रेस ललितपुरका सभापतिसमेत हुनुहुन्छ ।