अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मी-१ बाट प्रदीप ज्ञवालीद्वारा मनोनयन दर्ता

गुल्मी-१ बाट प्रदीप ज्ञवालीद्वारा मनोनयन दर्ता


गुल्मी – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि एमालेको तर्फबाट मनोनयन दर्ता गराउनुभएको छ ।

आइतबार ज्ञवालीले गुल्मीको क्षेत्र-१ मा मनोनयन दर्ता गराउनुभएको हो। पार्टीका नेता कार्यकर्ताका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले मनोनयन दर्ता गराउनुभयो ।

उहाँसँगै गुल्मी-१ को प्रदेश (क) मा चिन्तामणी पाण्डेयले एमालेको तर्फबाट मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै प्रदेश (ख) बाट फर्सुराम पाण्डेयले उम्मेदवारी दर्ता गराउनुभएको छ ।