अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज उम्मेदवारका विरोधमा उजुरी दिन सकिने

आज उम्मेदवारका विरोधमा उजुरी दिन सकिने


काठमाडौं-निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा आज उजुरी दिन समय दिएको छ।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको हो ।

आयोगका अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २ हजार ४७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

हालसम्म आयोगको सूचना प्रणालीमा प्रविष्टि भएका आधारमा प्रतिनिधिसभातर्फ पुरुष उम्मेदवार २ हजार २४२ रहेका छन् भने महिला उम्मेदवार २३१ रहेछ । यस्तै प्रदेशसभा तर्फ कूल ३ हजार ३९३ उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दिएका मध्ये पुरुष३ हजार ९९ रहेको छ भने महिला२९३ र अन्य १ जना रहेको छ ।