अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्नै सक्दैन : कैलाश ढुङ्गेल

गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्नै सक्दैन : कैलाश ढुङ्गेल


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले आगामी मंसीर ४ गते हुने चुनाव जित्नको लागि एमालेको नाम नै काफी रहेको बताउनुभएको छ ।

नेकपा एमाले रामेछापको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि मनोनयन दर्ता गराउनु भएका ढुङ्गेलले आफू वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा सुरु गरेको विकासका कामलाई पूर्णता र निरन्तरता दिन केन्द्रमा जान लागेको उहाँले बताउनुभयो ।

आफूहरूले विकासको प्रयत्न गरेको भए पनि तीन वर्षमा नै सरकारबाट हटाएकाले धेरै काम अधुरा रहेको ढुङ्गेलले बताउनुभयो। गठबन्धन सरकार बनेपछि एमालेले सुरु गरेका विकासका योजना समेत कटौती भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘विकासको अभियन्ता नेकपा एमाले हो, एमालेका जो भए पनि त्यही गर्ने हो, विकासमा हाम्रो दृष्टिकोण प्रष्ट छ ।’

रामेछापमा गठबन्धन भित्रै विवाद भएकोले उसले मनोनयन दर्ता गर्ने बेलामा नै पराजय स्विकारी सकेको ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेको अगाडि गठबन्धन केही पनि होइन, एमालेको अगाडि गठबन्धनले प्रतिस्पर्धा गर्नै सक्दैन ।’

नेता ढुङ्गेलले गठबन्धनमा जो जो भए पनि मूलतः एमालेले चुनाव लड्ने भनेको कांग्रेससँग भएको बताउनुभयो । त्यही कांग्रेसभित्र पनि व्यापक किचलो भएको उहाँले भन्नुभयो ।

नेकपा एमाले आफ्नै घर र भरमा चुनाव लड्ने ढुङ्गेलले बताउनुभयो । प्रचण्ड जस्तो घर न थरको भएर एमालेका नेता कहाँ जाँदा चुनाव जितिन्छ भन्दै ठाउँ चाहर्दै नहिँड्ने उहाँले प्रष्ट पार्नुभयो ।