अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा ६४ जनाको उम्मेदवारी

उदयपुरमा ६४ जनाको उम्मेदवारी


उदयपुर – उदयपुरको निर्वाचन क्षेत्र १ र २ मा आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रणसहित ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट तीन जना र प्रदेशसभा सदस्यमा पाँच जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन क्षेत्र १ बाट सत्तारुढ गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का, एमालेबाट मन्जुकुमारी चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट खुशिलाल ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कम्पसबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णुबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धुव्रकुमार रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उद्धव अधिकारी, जनता समाजवादी पार्टी नेपालबाट गोपाल राई, सचेत नेपाली पार्टीबाट हरिबहादुर बुढाथोकी, नागरिक उन्मुक्ति पार्टीबाट कृतनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट ललकु चौधरी, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट केशरबहादुर मगर, जनता प्रगतिशील पार्टीबाट मुकेश सहनी, नेपाल कम्युनिष्ट पार्टी मालेबाट रामप्रसाद चौलागाईं, स्वतन्त्रबाट राम श्रेष्ठ चौधरी गरी १६ जनाले उम्मेदवारी दिनुभएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ बाट सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा,  एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिलकुमार श्रेष्ठ, कांग्रेस बिपिबाट केशबबहादुर पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल अर्गनाईजेशन पार्टीबाट भाष्कर राई, हाम्रो नेपाली पार्टीबाट लोबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बन्सिधर न्यौपाने,  जनजागरण पार्टी नेपालबाट बिन्दाकुमारी कटुवाल, जनता समाजवादी पार्टी नेपालबाट सिद्धान्त राई, स्वतन्त्रबाट रामकुमार राई, स्वतन्त्रबाट राममणि पौडेल गरि १२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

उदयपुरका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ३६ जनाको उम्मेदवारी परेको छ ।