अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखबाट ३६ जनाको उम्मेदवारी

दैलेखबाट ३६ जनाको उम्मेदवारी


दैलेख – दुई प्रतिनीधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ३६ जनाको उम्मेदवारी परेको छ । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार निर्वाचन क्षेत्र नं १ मा नौँ र क्षेत्र नं २ मा पाँचसमेत १४ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नंं १ को प्रदेशसभा क्षेत्रका लागि ‘क’ र प्रदेश ‘ख’ मा पाँच–पाँच गरी १० जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा सात र प्रदेश ‘ख’ मा पाँचसमेत १२ जनाको उम्मेदवारी परेको छ ।

 क्षेत्र नं १ मा राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापालगायत नौ जनाको उम्मेदवारी छ । यो क्षेत्रमा एमालेका असन्तुष्ट नेता गोपाल नेपाली, कांग्रेस समर्थक नीरकबहादुर थापा र राजनीति झुकाव कतै नदेखाएका गणेशबहादुर शाहीसमेत तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 नेककिपाका प्रकाश गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ईन्द्रप्रसाद शर्मा र नेपाली कांग्रेस ९बिपी०का भुपाल थापाले दलीय प्रतिनिधित्व गर्दै चुनावमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै दैलेख निर्वाचन क्षेत्र नंं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेका पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल र सत्तापक्षीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दिक्पाल शाहीको उम्मेदवारी परेको छ ।

नेपाल मजदूर किसान पार्टीबाट केशेन्द्रप्रकाश कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रराज गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारीको उम्मेदवारी परेको छ । प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नंं १ को प्रदेश ‘क’मा नेमकिपाका जगत ओली, नेपाली कांग्रेसका पूर्णबहादुर खत्री, राप्रपाका हृदयराज शाही, एमालेका धर्मराज रेग्मी र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

यसैगरी प्रदेश ‘ख’मा नेमकिपाका लक्ष्मीकुमारी सिंह, नेपाली कांग्रेसका कृष्णकुमार विसी, राप्रपाका रणबहादुर सिंह, एमालेका प्रेमबहादुर थापा र स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नंं २ को प्रदेश ‘क’मा नेपाली कांग्रेसका घनश्याम भण्डारी, नेकपा एमालेका  तिलकप्रसाद रिजाल, नेपाल मजदुर किसान पार्टीका  मदनकुमार भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, हाम्रो नेपाली पार्टीका  प्रेमबहादुर भण्डारी, स्वतन्त्र दुई उम्मेदवार चक्रलाल सुनार र पुरुषोत्तम रिजालले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नंं २ को प्रदेश ‘ख’मा नेकपा एमालेबाट विनोदकुमार शाह, नेपाल मजदूर किसान पार्टीबाट जयबहादुर थापा, नेकपा माओवादीबाट योगेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर शाही, स्वतन्त्र उम्मेदवार राजेशकुमार शाहीको मनोनयन दर्ता भएको छ ।

बागी र दल फेरबदल

एमाले नेता गोपाल नेपालीले दैलेख–१ मा प्रतिनिधिसभा र एकीकृत समाजवादीका नेता टेकबहादुर खाणले दैलेख–१ को प्रदेशसभा ‘ख’मा आफ्नै दलसँगको असन्तुष्टीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

उता एमालेले आफूलाई टिकट नदिएपछि योगेन्द्र शाहीले दैलेख क्षेत्र नं २ को प्रदेशसभा ‘ख’मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार दर्ता गराउनुभएको छ । माओवादी केन्द्रका कार्यकर्ताले आगन्तुकलाई यति ठूलो अवसर दिएको भन्दै सामाजिक सञ्जालमा पार्टी नेतृत्वको आलोचना गरेका छन् ।