अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोस्टबहादुर बोगटी पत्नी राममायाद्वारा बागी उम्मेदवारी

पोस्टबहादुर बोगटी पत्नी राममायाद्वारा बागी उम्मेदवारी


विदुर – माओवादी केन्द्रका दिवंगत नेता पोस्टबहादुर बोगटी पत्नी राममायाले बागी उम्मेदवारी दिनुभएको छ ।

माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२ को (ख) मा टिकट दिएको थियो । तर, उम्मेदवारी मनोनयन दर्ताको केही घण्टाअघि मात्र टिकट खोसिएपछि उहाँले बागी दिनुभएको हो ।

सत्ता गठबन्धनबीचको भागबण्डामा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ (क) नेकपा एकीकृत समाजवादी र (ख) माओवादी केन्द्रको भागमा परेको थियो । तर, अन्तिम समयमा कांग्रेस र माओवादीले अघिल्लो निर्णय उल्ट्याउँदै प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेका थिए ।

प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् ।

प्रदेश (क) मा समाजवादीबाट पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी र (ख) मा माओवादीबाट बोगटीले लगिसकेको टिकट अन्तिम अवस्थामा खोसिएको थियो ।

बोगटीले आफूले पहिला टिकट पाएको भन्दै उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको छ ।