अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुंगामा नेकपा एसका नेताहरू एमालेमा समाहित

ओखलढुंगामा नेकपा एसका नेताहरू एमालेमा समाहित


ओखलढुंगा – ओखलढुंगामा नेकपा एकीकृत समाजवादीका युवा नेताहरू एमालेमा फर्किएका छन् । युवा नेता राजन खत्री र मनोज मगरसहित एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेताहरू एमालेको पूर्ववत्  जिम्मेवारीमा फर्किएको एमाले जिल्ला सचिव कमल न्यौपानेले जानकारी दिनुभयो ।

नेकपा एमालेले एक कार्यक्रम गरी मंगलबार खत्री र मगरसहितका नेतालाई स्वागत गरेको छ । एमालेको जिम्मेवारीमा फर्किएका नेता राजन खत्रीले नेकपा एमालेलाई एकताबद्ध र सुदृढ बनाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेको संकटको वेलामा सबैभन्दा बढी लडेर पार्टीलाई बलियो बनाएका योद्धाहरू हामी हौँ । हिजो संकटमा रगत–पसिना बगाएको पार्टीमा पुनः फर्किएका छौँ, फेरि एमालेलाई उत्तिकै बलियो बनाउन लाग्छौँ ।’

नेता खत्री एकीकृत समाजवादी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिए भने मगर युवाको अध्यक्षको जिम्मेवारीमा थिए । एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारसहितका नेताले एमाले फर्किएका युवा नेतालाई स्वागत गर्नुभयो।