अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा एमालेको सिट पनि बढ्छ, मत पनि बढ्छ : शंकर पोखरेल

मधेसमा एमालेको सिट पनि बढ्छ, मत पनि बढ्छ : शंकर पोखरेल


दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको जग पार्टीको वडा कमिटी नै भएको बताउनुभएको छ ।

दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

एमाले कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले वडालाई नै प्रभावकारी बनाएर चुनाव प्रचार अभियान अघि बढाउनु पर्ने बताउनुभयो । वडालाई जति प्रभावकारी बनायो प्रचार त्यति नै प्रभावकारी हुने उहाँले प्रष्ट पार्नुभयो ।

हरेक जनताको घरमा एमाले कार्यकर्ता पुगेकै हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मतदातालाई भोट हाल्ने तरिका सिकाउनै पर्ने उहाँले बताउनुभयो । यसले पार्टी प्रतिको भ्रम छ भने निवारण गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

जतिसुकै मेहनत गरे पनि अन्तिम अवस्थामा भोट बिग्रिन सक्ने बताउँदै पोखरेलले यसमा चनाखो हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । एमालेलाई बलियो राष्ट्र शक्तिका रूपमा स्थापित गर्ने सामर्थ्यका साथ एमाले अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

एमालेलाई बलियो राष्ट्रिय शक्ति र बहुमतको सरकार बनाउनको तालमेल गरेर चुनावमा गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने उद्देश्यका साथ हामी अघि बढेका छौँ ।’

जनता समाजवादी पार्टीसँग मधेस प्रदेशमा तालमेलले एमालेको जितलाई सुनिश्चित गरिदिएको उहाँले बताउनुभयो । विगतको तुलनामा मधेसमा एमालेको अवस्था निक्कै सुधार भएको पोखरेलले दाबी गर्नुभयो। ‘सिट पनि बढ्छ, मत पनि बढ्छ’, उहाँले भन्नुभयो ।

व्यवस्थित तयारी र एकताले गठबन्धनलाई सहजै जित्न सकिने पोखरेलले बताउनुभयो । सिङ्गो पार्टी पङ्ती कसरी परिचालित गर्ने भन्ने भन्ने कुरामा नेतृत्वले जिम्मेवार भएर सोच्नु पर्ने उहाँले बताउनुभयो । अहिलेको मिसन कुनै व्यक्तिसँग जोडिएको नभई पार्टी र देशसँग जोडिएको उहाँले प्रष्ट पार्नुभयो ।

मतदातालाई विपक्षीले प्रलोभनमा पार्नसक्ने भएकाले सचेत भएर बस्न निर्देशन दिनुभयो । जनताको घरघरमा पुगेर आफूहरुमाथि फैलाएको भ्रम चिर्न आग्रह गर्नुभयो ।