अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकासका लागि एमालेले चुनाव जित्नुपर्छ : पृथ्वी सुब्बा गुरुङ

विकासका लागि एमालेले चुनाव जित्नुपर्छ : पृथ्वी सुब्बा गुरुङ


लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सत्ता गठबन्धन सरकारले विकासका सबै योजना रोकेर रमिता गरेको बताउनुभएको छ ।

आज लमजुङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले गण्डकी प्रदेशमा आफू मुख्यमन्त्री हुँदा सुरु गरेका विकास योजना गठबन्धन सरकारले रोकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । फेरी पनि प्रदेशमा नै गएर अधुरा काम पूरा गर्ने सोच आफ्नो भएको भए पनि पार्टीले प्रतिनिधि सभामा चुनाव लड्न निर्देशन दिएकोले आफूले प्रतिनिधि सभा सदस्यको लागि मनोनयन दर्ता गरेको गुरुङले बताउनुभयो ।

नागरिकका हरेक समस्याका बारेमा थाहा भएकोले ती समस्यालाई सम्बोधन गर्ने गरी काम गरेको उपमहासचिव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले आफ्नो निर्वाचन क्षेत्रबाट पटक-पटक चुनाव जितेको भए पनि विकासको काम भने केही गरेका छैनन् । त्यसैले जिल्लाको विकासका लागि एमालेले नै चुनाव जित्नै पर्छ ।’

जनताले कुन कस्तो पार्टी हो भन्ने कुरा बुझिसकेकाले कुनै पार्टीको बखान वा आलोचना गर्न आवश्यक नरहेको गुरुङले प्रष्ट पार्नुभयो । विगतमा एमालेले माओवादीलाई बोकेर निर्वाचित गराएको बताउँदै अहिले त्यही पार्टी राक्षसी प्रवृत्ति भएको कांग्रेससँग मिल्न पुगेको बताउनुभयो ।