काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा सहभागी हुन नसकेको बताउनु भएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा अध्यक्ष ओली स्वास्थ्यका कारणले उपस्थित हुन नसकेको पोखरेलले बताउनुभयो ।

अध्यक्ष ओली कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुने तय भएको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओली आउने निश्चित भएपनि स्वास्थ्यमा समस्या भएपछि उपस्थित हुन नसकेको बताउनुभयो ।






प्रतिक्रिया