काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले कब्जा गर्ने उद्देश्यले मात्रै पार्टी एकता गरेको आरोप लगाउनु भएको छ ।
काठमाडौंमा आयोजित निर्वाचन परिचालन घोषणा कमिटीलाई सम्बोधन गर्दै उहाँले प्रचण्डको विचार र संगठन सकिएपछि एमाले कब्जा गर्ने रणनीति बनाएको आरोप लगाउनु भएको हो ।
नेता पोखरेलले भन्नुभयो, ‘प्रचण्डको विचार र संगठन सकिएको थियो। एमालेका राम्रा कार्यकर्ता र संगठनमाथि कब्जा गरेर हस्तिनापुर कब्जा गर्ने सोच्नुभएको रहेछ । उहाँले एकता गर्दा पार्टी एक बनाए देश बनाउने होइन । पार्टी कब्जा गर्ने योजना बनाएका थिए । उहाँको यही अपराधिक सोच थियो । त्यही योजनका साथ एकतामा सामेल भए ।’
आफूहरुले देश बनाउने अभियानस्वरुप पार्टी एकता गरेको स्मरण पोखरेलले गराउनुभयो । उहाँले सत्ता गठबन्धनको उद्देश्य एमाले सिध्याउने मात्रै भएकाले आफूहरुलाई जिताउन आह्वान गर्नुभयो । देशको आर्थिक विकासलेले मात्रै गर्न सक्ने दाबी गर्नुभयो ।
उहाँले नेता कार्यकर्तालाई चुनावी अभियानमा होमिन निर्देशन समेत दिनुभयो ।






प्रतिक्रिया