अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको मुखमा महेश बस्नेतलाई जिताउन भन्दै विभिन्न पार्टीबाट एमालेमा प्रवेश

चुनावको मुखमा महेश बस्नेतलाई जिताउन भन्दै विभिन्न पार्टीबाट एमालेमा प्रवेश


भक्तपुर – भक्तपुरको बिकासका लागि युवा नेता महेश बस्नेत जिताउनै पर्छ भन्दै नेपाली कांग्रेस नेताहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ । आज बस्नेतको साथमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी ती नेताहरु एमाले प्रवेश गर्नुभएको हो ।
नेताहरु एमालेमा प्रवेश गरेपछि संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुर कांग्रेसलाई झट्का लागेको छ । आज बालकोटमा आयोजित एक कार्यक्रमका एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको हातबाट माला र पूर्वमन्त्री नेता बस्नेतको हातबाट टिका लगाई नेपाली कांग्रेस र नेकपा एसका नेताकार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य रामशरण देउजा, राप्रपाका जिल्ला सदस्य दिपक राना मगर, कांग्रेस २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई, २०७४र०७९ मा नेका दलित सदस्यबाट उठ्नु भएकी नानु नेपाली, नेकपा एसबाट पुरानो घर फर्किनु भएका अर्जुन बस्नेत, उद्धव चौलागाई लगायत २५ जना अगुवा नेता एमालेमा प्रवेश गर्नुभएको हो ।
पार्टी प्रवेश गर्दै उहाँहरुले नेपालको राष्ट्रियताको नेतृतत्वकर्ता पार्टी भनेकै एमालेमात्र रहेको उल्लेख गर्दै भक्तपुरमा एमालेको नेतृत्वमा नेता बस्नेतले विकास र समृद्धिमा खेल्नुभएको भूमि ऐतिहासिक भएकाले अबका दिनमा नेता बस्नेतको मिसन, भिजन र दृढतालाई सफल बनाउन जस्तोसुकै परिस्थितीको सामाना गर्दै एमालेमा गोलबन्द भएको उल्लेख गर्नुभयो ।

नवप्रवेशीलाई अध्यक्ष ओलीले खादा लगाएर र नेता बस्नेतले टिका लगाएर पार्टीमा स्वागत गर्नुका साथै राजनीतिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । पार्टीले नवप्रवेशीलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, एमाले भक्तपुर क्षे नं २ ‘क’ का प्रदेश सभाका उम्मेदवार किरण थापालगायतको उपस्थिती रहेको थियो ।