अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, चुनाव चिह्न पनि आजै दिइने

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, चुनाव चिह्न पनि आजै दिइने


काठमाडौं-मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारले आज दिउँसो १ बजेसम्म मनोनयन फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाले आज १० देखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।

त्यसपछि आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन् ।