बागलुङ-नेकपा एमाले बागलुङले संघीय र प्रदेशसभाका छ वटै क्षेत्रमा विजय हासिल गर्नका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको चौथो सचिवालय बैठकले ‘हरेक पार्टी सदस्यसँग एउटै अपेक्षा, दुई मत वृद्धि पाँच मत सुरक्षा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टी जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गोविन्दबहादुर नेपालीलाई समग्र जिल्लाको निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को संयोजकमा लिलबहादुर थापा र २ मा गोविन्दबहादुर नेपालीलाई संयोजकको जिम्मेवारी दिएको छ ।
प्रदेशसभा १ क मा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाको कमाण्डमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । यस्तै ख मा साबित्रा रानाको संयोजकत्वमा निर्वाच्न परिचालन कमिटी गठन गरिएको छ । यस्तै प्रदेशसभा २ क मा बाबुराम नेपाली र ख मा केडी नेपालीलाई निर्वाचन हाँक्ने जिम्मा दिइएको पार्टीले सावर्जनिक गरेको अन्तरसंगठन निर्देशन ४ मा उल्लेख गरिएको छ ।
अध्यक्ष केसीले जारी गरेको अन्तरसंगठन निर्देशन ४ मा उल्लेख भए अनुसार जिल्ला पार्टी कार्यालयलाई निर्वाचन सम्पर्क कार्यालयको रूपमा पनि प्रयोग गर्ने, उम्मेदवारले भूगोल केन्द्रित अभियान चलाउनुका साथै आवश्यकता अनुसार सचिवालय पनि बनाउन सक्नेछन् । यस्तै जिल्ला मातहतका कमिटीलाई पनि कामको बाँडफाँट गरेको छ । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले चुनावी प्रचारप्रसारमा खटिनु पर्ने छ ।
यस्तै प्रदेश कमिटीका सदस्यहरूलाई पनि जिम्मेवारी तोकिएको छ । निर्वाचनसम्बन्धी निर्णयको कार्यान्वयन गर्न गराउन विशेष निर्देशक समिति गठन गरिएको छ । यस्तै मत सर्वेक्षण समिति, प्रतिबद्धता पत्र तयारी समिति, विशेष सूचना संकलन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।
बागलुङको क्षेत्र नं १ बाटडा.सूर्य पाठक संघीय साँसदका लागि उम्मेद्वार हुनुहुन्छ । यस्तै १ क बाट हिरा बहादुर केसी,ख बाट नवराज पौडेल प्रदेशसभाका लागि चुनावी मैदलानमा हुनुहुुन्छ । क्षेत्र नं २ बाट मञ्जु चालिसे हुनुहुन्छ । २ क मा स्वतन्त्र उम्मेद्वार प्रकाश घर्तीलाई एमलेले समर्थन गरेको छ । ख मा लक्ष्मण पुनलाई उम्मेद्वार बनाएको छ ।






प्रतिक्रिया