काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले सत्तारुढ गठबन्धनका नेताहरुसँग साँठगाँठ गरेर एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ। उहाँले प्रभु साहले जसपासँगको तालमेलप्रति आफू असहमत रहेको भनी दिएको अभिव्यक्ति गलत रहेको बताउनुभयो।
पोखरेलले जसपासँगको तालमेलको बैठकमा साह पनि सहभागी रहेको समेत प्रष्ट पार्नुभयो । पोखरेलले भन्नुभयो, ‘यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा९एमाले० र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्णरुपमा सफल बनाउ।’
महासचिव पोखरेलले राजनीतिमा यस प्रकारण्को षडयन्त्रलाई असहमतिको जामा लगाउनुको अर्थ नहुने बताउनु भएको छ ।







प्रतिक्रिया