पोखरा-मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित हुनुभएको छ । दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएका मनाङे अर्को कार्यकालका लागि मनाङ ‘ख’ बाट गण्डकी प्रदेशसभाको सदस्यमा निर्विरोध हुनुभएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन समय निर्धारण गरेको थियो ।
आयोगको निर्धारित समयमा लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्वाचन अगाडि नै प्रदेश सांसद हुनुभएको हो ।






प्रतिक्रिया