अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा २ मा राप्रपा नेपालका उम्मेद्वार कमल खरेलको समर्थन एमालेका देवराज घिमिरेलाई

झापा २ मा राप्रपा नेपालका उम्मेद्वार कमल खरेलको समर्थन एमालेका देवराज घिमिरेलाई


अर्जुनधारा – राप्रपा नेपालका तर्फबाट झापा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका कमल खरेलले मनोनयन फिर्ता लिनुभएको छ ।

उक्त पदमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई सिङ्गो पार्टी नै लागेर विजयी गराउने घोषणा गर्दै खरेलले उम्मेदवारी फिर्ता लिनुभएको हो । आज राप्रपा नेपालको जिल्ला कार्यालयमा दुवै पार्टीका नेता तथा उम्मेदवारहरु बीचको आपसी छलफलबाट यस्तो निर्णय भएको एमाले झापा जिल्ला सदस्य भोला धितालले जानकारी दिनुभयो ।
मकवानपुरबाट आफ्नो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले चुनाव चिन्ह सूर्य लिएर उम्मेदवार बनेको सन्दर्भमा यहाँबाट पनि उहाँलाई सहयोग पुगोस् भनेर आफूले उम्मेदवारी फिर्ता लिई नेकपा एमालेका उम्मेदवारलाई नै सहयोग गर्ने निश्कर्षमा पुगेको राप्रपा नेपालका जिल्ला अध्यक्षसमेत रहेका खरेलको भनाई छ ।