अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले फिर्ता लिएनन् उम्मेदवारी

चितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले फिर्ता लिएनन् उम्मेदवारी


चितवन – चितवन–१ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिनु भएन। उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उहाँले नाम फिर्ता लिएनन्। कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको थियो ।

बुर्लाकोटीलाई उम्मेदवारी फिर्ता गर्नका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश सभापति इन्द्र बानियाँले आग्रह गर्नुभएको थियो ।

नेता  बुर्लाकोटीले भन्नुभयो, ‘सभापति, उपसभापति र प्रदेश सभापतिले फोन गरेर उम्मेदवार फिर्ता गर्न भन्नुभएको थियो । तर मैले मानिनँ । विश्व पौडेलको नाम फिर्ता गराउनुस् भनें।’

नेपाली कांग्रेसले चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा नेकपा एमलेका नेता सुरेन्द्र पाण्डेसँग पराजित बुर्लाकोटीले पार्टीले उम्मेदवार पौडेललाई बनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको हो ।