अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा खड्क खत्रीको उम्मेद्वारी फिर्ता, अबको समर्थन एमालेका डण्डी शर्मालाई

सुर्खेतमा खड्क खत्रीको उम्मेद्वारी फिर्ता, अबको समर्थन एमालेका डण्डी शर्मालाई


सुर्खेत- नेकपा एमाले सुर्खेतको क्षेत्र नं १ को प्रदेश सभा ख मा स्वतन्त्र उम्मेद्वारी हालेका एमाले नेता खड्क खत्रीले पार्टीका आधिकारिक उम्मेद्वारलाई सघाउने हुनु भएको छ । खत्रीले मेहेलकुना स्थित निर्वाचन अधिकृतको कार्यलयमा गएर आज आफ्नो उम्मेद्वारी फिर्ता लिंदै एमालेका उम्मेद्वार डण्डी शर्मालाई सघाउने प्रतिवद्धता जनाउनुभएको छ ।
खत्रीलाई स्थानीय कमिटीले एकल सिफारिस गरेर पठाएको भए पनि पार्टी केन्द्रले शर्मालाई उम्मेद्वार बनाएको विषयले सुर्खेत पार्टीमा विवाद भएको थियो ।
खत्रीलाई उम्मेद्वारी फिर्ता गराएर पार्टीका उम्मेद्वारलाई सघाउनका लागि प्रदेश इन्चार्ज यामलाल कंडेल, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नवराज रावत,सहइन्चार्ज मोहनमाया ढकाल,जिल्ला अध्यक्ष अमृत बिसीहरुले पटक पटक छलफल गरेका थिए । हिजो पनि भेरीगंगा र आज पार्टी कार्यलयमा दुवै उम्मेद्वारहरुलाई राखेर छलफलपछि खत्री उम्मेद्वारी फिर्ता लिन सहमत हुनुभएको हो ।