अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो ।

चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो । चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्‍याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो ।

उच्च अदालतले पनि त्यो फैसलालाई सदर गरेपछि चौधरी अहिले सजाय काट्दै छन् । चौधरी अहिले ज्यान मार्ने उद्योगमा जेलमा छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु) को पनि उम्मेदवारी खारेज भएको छ ।