कैलाली – कैलाली-५ (ख) प्रदेशसभाबाट नेपाली कांग्रेसका बागी उम्मेदवार क्षितिज भण्डारीले उम्मेदवारी फिर्ता लिनु भएन ।
निर्वाचन आयोगले बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उहाँले नाम फिर्ता लिनु भएन । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको थियो ।
कैलाली-५ (ख) मा प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय प्रकाश देउवा उम्मेदवार बन्नुभएको छ ।
भण्डारीले भन्नुभयो, ‘आरजुको पीएलाई हराएर म चुनाव जित्छु । मैले किन उम्मेदवारी फिर्ता लिनु ?’ प्रधानमन्त्री देउवाले फोन गर्नुभएको थियो । मैले उम्मेदवारी फिर्ता गर्दिन भनें ।’
नेता भण्डारी संस्थापनइतर पक्षका हुन् । प्रधानमन्त्री पत्नीका स्वकीय सचिवलाई पार्टीले टिकट दिएपछि उहाँ बागी बनेका हुन् ।






प्रतिक्रिया