अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीब्र

बाँकेमा उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीब्र


बाँके – आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै बाँकेमा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरुले निर्वाचन क्षेत्रस्तरमा भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचारमा हिँडेका छन् ।

तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित गतिविधि गरिरहेका छन् । निर्वाचनलाई दृष्टिगत गरेर नेपाली कांग्रेसले पनि चुनावी योजना तयार गरेको जिल्ला सभापति नारायण गौडेलले बताउनुभयो । उहाँले गठबन्धनमा सहभागी दलहरुसँगको समन्वयमा बैठक गरी चुनावी गतिविधि सञ्चालनको तयारी गरेको उल्लेख गर्नुभयो।

निर्वाचनलाई लक्षित गरेर नेकपा ९एमाले० बाँकेले तीनवटै निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरी निर्वाचन परिचालन समिति गठन गरिसकेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।  

उहाँका अनुसार, पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ । बाँके क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका उक्त पार्टीका केन्द्रीय सचिव एवम् भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राहीको उपस्थितिमै निर्वाचन केन्द्रित भेला, बैठक र प्रचारप्रसार भइरहेको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

जिल्लामा सत्ता साझेदार गठबन्धनबाट बाँके क्षेत्र नं १ मा माओवादीबाट युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, क्षेत्र नं २ मा कांग्रेसका सुदीपनरसिंह राणा र क्षेत्र नं ३ मा किशोरसिंह राठौर उम्मेदवार बन्नुभएको छ ।

यसैगरी नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० गठबन्धनबाट क्षेत्र नं १ मा एमालेका सूर्य ढकाल, क्षेत्र नं २ मा राप्रपाका डा धवलशम्शेर राणा र क्षेत्र नं ३ मा एमालेका किस्मतकुमार कक्षपति उम्मेदवार बन्नुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा तीन प्रतिनिधिसभा र छ प्रदेशसभा गरी नौ सिटका लागि राजनीतिक दल र स्वतन्त्र रुपमा गरी ९९ जनाले उम्मेदवारी मनोनयन गरेर चुनावी प्रचारप्रसारमा लागेका छन् ।