डडेलधुरा – डडेलधुरामा नेकपा एमाले र नेपाली कांग्रेस बीपीबीच तालमेल गर्ने सहमति भएको छ। एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ।
कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ। मल्लले भन्नुभयो, ‘केन्द्रमा हामीलाई एमालेले सहयोग गर्छ । हामीले पठानसिंह बोहरोलाई प्रदेशमा सहयोग गर्छौं ।’
कांग्रेस बीपीका नेता हरि भट्टका अनुसार प्रतिनिधि सभातर्फ एमालेबाट उम्मेदवारी दर्ता गरेका चक्र स्नेहीले नाम फिर्ता गरेका छन् ।
एमाले र कांग्रेसबीच स्थानीय तहमा पनि तालमेल भएको थियो ।
प्रतिक्रिया