अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङ-२ मा एमाले-राप्रपाबीच चुनावी तालमेल

धादिङ-२ मा एमाले-राप्रपाबीच चुनावी तालमेल


धादिङ – नेकपा एमाले र राप्रपाबीच धादिङ क्षेत्र नम्बर २ मा चुनावी तालमेल गर्ने सहमति भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन बुधवार राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा-२ (२) मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवार फिर्ता गरेको हो ।

प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता गरी नेकपा एमालेका खेम लोहनीलाई समर्थन गर्नुभएको छ । त्यस्तै, प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनबहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर फिर्ता लिएका छन् ।

त्यस्तै, प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा.रामकुमार आधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् ।