अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा माओवादीका आठै बागी उम्मेदवारले प्रचण्डलाई टेर्दै टेरेनन्

सर्लाहीमा माओवादीका आठै बागी उम्मेदवारले प्रचण्डलाई टेर्दै टेरेनन्


सर्लाही – सर्लाहीमा नेकपा माओवादी केन्द्रका आठै जना बागीले उम्मेदवारी फिर्ता लिएनन्। सर्लाहीमा संघ र प्रदेशमा गरी माओवादीका ८ जनाले बागी उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगले दिएको समयभित्र माओवादीका कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएका माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिनुभयो । उहाँले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध खडा हुने नेतालाई कार्बाही गरिने बताउनु भयो ।

सर्लाही क्षेत्र-१ को (क) मा माओवादीका रामचन्द्र कुशवाहा र (ख) मा राजनकुमार श्रेष्ठले बागी उम्मेदवारी दिनुभएको छ । त्यसैगरी सर्लाही-३ को (क) मा माओवादी केन्द्रका जवाहरलाल कुशवाहा बागी उम्मेदवार बन्नुभएको छ।

यस्तै, सर्लाही ४ को प्रतिनिधि सभा सदस्यतर्फ माओवादी केन्द्रकी मधुमाला यादवले बागी उम्मेदवारी दिनुभएको छ । त्यसैगरी सर्लाही-४ (क) मा माओवादी केन्द्रका प्रितम कुमार यादव र (ख) मा श्रीचन यादव, महेन्द्र यादव र अनिता यादवले बागी उम्मेदवारी दिएका छन्।