काठमाडौं- उम्मेद्वारी दर्ता गर्न जाँदा तामझाम र पञ्चेबाजा किन बजाएको भन्दै निर्वाचन आयोगले माओवादीका अध्यक्ष प्रचण्डलाई स्पष्टिकरण सोधेको छ ।
गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ताका क्रममा पञ्चेबाजा प्रयोग गरेको भन्दै आयोगले उनलाई बुधबार स्पष्टीकरण सोधेको हो।
आयोगले यसपालिको निर्वाचनमा उम्मेदवारलाई सोधेको यो नै पहिलो स्पष्टीकरण हो।
‘मनोनयन दर्ताका क्रममा बाजागाजा प्रयोग गरेको श्रव्यदृष्य सामग्री सार्वजनिक भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो।
स्रोतका अनुसार प्रचण्डलाई स्पष्टीकरण पत्र प्राप्त भएको सात दिनभित्र जवाफ पेस गर्न भनिएको छ।
यसअघि स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार छोरी रेनु दाहालको पक्षमा आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै प्रचण्डलाई स्पष्टीकरण सोधिएको थियो।






प्रतिक्रिया