अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआरएनको कार्यक्रममा अध्यक्ष ओली : डेमोग्राफिक चेन्ज मार्फत नेपालीलाई माइनोरिटीमा जान दिन्नौ

एनआरएनको कार्यक्रममा अध्यक्ष ओली : डेमोग्राफिक चेन्ज मार्फत नेपालीलाई माइनोरिटीमा जान दिन्नौ


काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सार्वजनिक फोरममा गम्भिर आलोचना गर्ने गृहमन्त्रीले राजिनामा दिनु पर्ने बताउनुभएको छ ।
गैह्र आवासीय ने-पाली संघको कार्यक्रममा गएर खाँणले नागरिकताका सवालमा राष्ट्रपतिको आलोचना गरेकोमा अध्यक्ष ओलीले खेद व्यक्त गर्दै खाँणलाई तत्काल हटाउन प्रधानमन्त्री समक्ष माग गर्नु भएको छ ।
‘राष्ट्रपति नबोल्ने र प्रतिवाद नगर्ने संस्था हो । यसको सावर्जनिक रुपमा आलोचना गर्नु लोकतन्त्र विरोधी काम हो ’ अध्यक्ष ओलीले भन्नुभयो ‘नागरिकताका सवालमा वाद प्रतिवाद गर्ने भए हामीसँग आउनु ।’
अध्यक्ष ओलीले नेपालमा नेपाली नै अल्पसंख्यकमा पर्ने काम एमालेले नगर्ने बताउनुभयो । ‘विदेशीलाई नागरिकता दिएर नेपालमा नेपालीलाई अल्पसंख्यक पार्ने काममा एमाले सधैं बाधक बन्नेछ ’ओलीले भन्नुभयो ।


अध्यक्ष ओलीले यस अघि नै नागरिकता बाँड्दा अन्यथा भएको बताउनुभएको छ । चुनावका बेला उम्मेद्वारहरुले मत माग्न सिमापारी जानु पर्ने अवस्था आएको अध्यक्ष ओलीको भनाइ छ ।‘ हामी डेमोग्राफिक चेन्जमार्फत माइनोरिटीमा जान चाहान्नौं । नेपाल नेपालीले चलाउँछन्,वास्तविक नेपालीलाई नागरिकताबाट बञ्चित गर्न सक्दैनौं ’ ओलीले भन्नुभयो ।