अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् प्रतिनिधि सभाका उम्मेदवार (नामावलीसहित)

यी हुन् प्रतिनिधि सभाका उम्मेदवार (नामावलीसहित)


काठमाडौं-निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले दाबी विरोधपछि बुधवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।

आयोगले आजै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो ।  आयोगले निर्धारण गरेको समयमा देशभरि प्रतिनिधिसभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरूले मनोनयनपत्र फिर्ता लिएका छन् ।

प्रतिनिधिसभामा कूल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको आयोगले जनाएको छ । त्यस्तै प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ।