महोत्तरी – महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ ‘क’मा सत्ता गठबन्धनबाटै दुई दलका नेताको उम्मेदवारी परेपछि आधिकारिकताको लडाइँ शुरु भएको छ।
सत्ता गठबन्धनबाटै सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीकी मञ्जु कुमारी यादव र लोसपाका जयनुल राइनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । दुवै उम्मेदवार औपचारिक रुपमै प्रचार प्रसारमा जुटिसकेका छन्। तर दुईमध्ये एक उम्मेदवारले फिर्ता लिनुपर्ने थियो। यद्यपि दुवैमध्ये कुनै उम्मेदवारले पनि उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनको आधिकारिक उम्मेदवारको विषयमा विवाद सतहमा देखिएको हो।
राइनले आफू गठबन्धनको आधिकारिक उम्मेदवार रहेको भन्दै प्रचार गर्न थालेपछि त्यहाँ विवाद चुलिएको छ।
कांग्रेसले आफ्नो भागको सिट दिएर लोसपालाई गठबन्धनमा भित्र्याएको थियो ।






प्रतिक्रिया