काभ्रे – नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले मंसीर ४ गते परमादेशको आशीर्वाद पाएर देश लुटिरहेकाहरूको अन्त्य हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल काभ्रे शाखाले बिहीबार बनेपामा आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारहरूसँग सञ्चारकर्मी’ कार्यक्रममा बोल्नुहुँदै उहाँले काभ्रेली जनताले नेकपा एमालेका उम्मेदवारहरूलाई जनादेसमार्फत संसद्मा पठाउने विश्वास व्यक्त गर्नुभयो ।
नीति र नेतृत्वमा कुनै व्यक्तिगत स्वार्थ नभएका एमाले उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएको बताउँदै उहाँले जिल्लाको विविध पक्षका योजनाहरू समेत बताउनुभएको थियो ।
गठबन्धनका उम्मेदवारसँग काभ्रे परिवर्तनको कुनै योजना नभएको दाबी गर्दै नेता लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले सरकारमा हुँदा युवा, महिला, ज्येष्ठ नागरिक, मजदुर सबैले सम्झन लायक काम गरेको छ, हामीले जित्ने आधार तिनै हुन् ।’
एमाले नेता लामा प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँसँगै गठबन्धनका साझा उम्मेदवार एवम् नेकपा माओवादीका नेता सूर्यमान दोङ (लालध्वज) चुनावी मैदानमा हुनुहुन्छ ।
काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभा तर्फ १ (क) मा दिल बहादुर लामा (दिलिप) प्रदेशसभा १ (ख) मा चन्द्र लामा उम्मेदवार हुनहुन्छ ।






प्रतिक्रिया