अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रवादी शक्ति भएकाले एमालेसँग सहकार्य गरेका हौं : कमल थापा

राष्ट्रवादी शक्ति भएकाले एमालेसँग सहकार्य गरेका हौं : कमल थापा


मकवानपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले राष्ट्रवादी पार्टी भएको बताउनु भएको छ ।

राप्रपा नेपालको निर्वाचन केन्द्रित मकवानपुर जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने देशीविदेशी शक्तिहरु लागिपरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने देशीविदेशी शक्तिको योजनावद्ध षड्यन्त्रलाई परास्त गर्न राप्रपा नेपालले एमालेसँग सहकार्य गरेको हो ।’

उहाँले आफ्नो राजनीतिक जीवन समाप्त पार्न चाहने तत्वको प्रयास सफल नहुने दाबीसमेत गर्नुभयो ।