अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका चारैजना मन्त्री प्रधानमन्त्रीद्वारा बर्खास्त

जसपाका चारैजना मन्त्री प्रधानमन्त्रीद्वारा बर्खास्त


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार नेतालाई पदमुक्त गरेका छन् ।

गठबन्धनबाट बाहिरिए पछि प्रधानमन्त्री देउवा जसपाका मन्त्रीहरुलाई हटाउनु भएको हो ।

मन्त्रीबाट पदमुक्त हुनेमा जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

जसपाबाट उहाँहरु गत असार २० गते मन्त्री हुनु भएको थियो ।

त्यसैगरी २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा हुनु भएको छ ।

प्रधानमन्त्री देउवाले उहाँ बिदा भएपछि कानुन मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सम्हाल्ने गरी तोक्नुभएको छ ।