अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्की -३ मा जगन्नाथको उम्मेद्वारी फिर्तापछि दामोदरको जित सुनिश्चित

कास्की -३ मा जगन्नाथको उम्मेद्वारी फिर्तापछि दामोदरको जित सुनिश्चित


पोखरा- कास्कीको क्षेत्र नं ३ मा एमालेका युवा नेता जगन्नाथ बास्तोलाले स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएपछि दामोदर पौडेलको जित सुनिश्चित भएको छ ।
पटक पटक आश्वासन मात्र पाएको तर अवसर नपाएको भन्दै बास्तोलाले बैरागी विरुद्ध बागी उम्मेद्वारी हाल्नु भएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले बास्तोलालाई फोन गरेर उम्मेद्वारी फिर्ता लिएर काठमाडौं आउन भनेपछि आफूले अध्यक्षको निर्देशन पालना गरेको बास्तोलाको भनाइ छ ।
‘अध्यक्षज्यूसँग मेरो लामो कुराकानी भयो । मेरा गुनासाहरु राखें । उहाँले अहिले उम्मेद्वारी फिर्ता लिएर पार्टीका उम्मेद्वारलाई जिताउन निर्देशन दिएपछि मैले नमान्ने कुरा भएन’ बास्तोलाले यो बेलासँग भन्नुभयो ‘मलाई काठमाडौं बोलाउनु भएको थियो । आएर भेटेर मेरा कुरा राखें । उहाँका कुरा पनि सुने । अब कमरेड दामोदरलाई जिताउन लाग्छु । ’
बास्तोलालाई स्थानीय कमिटीले २०७०,२०७४ र यसपालीको निर्वाचनमा पनि सिफारिस गरेको थियो । तर सधैं नेतृत्वले अरुलाई अवसर दिने आफूलाई ब्याक गराउने गरेको गुनासो उहाँको छ । गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य बास्तोला अध्यक्ष ओलीसँगको भेटपछि उत्साहित भएर पोखरा फर्किनु भएको छ । अध्यक्ष ओलीसँग झण्डै दुई घण्टा भेटेका बास्तोलाले के बिषयमा कुरा भयो त्यो खुलाउन चाहनु भएन ।

यस क्षेत्रबाट एमालेका उम्मेद्वारहरु संघीय संसदमा दामोदर पौडेल प्रदेशसभातर्फ गणेशमान गुरुंग र राजिव पहारी चुनावी मैदानमा हुनुुहुन्छ ।