जनकपुर- एमलेसँग चुनावी तालमेल गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट जनता समाजवादीका मन्त्रीहरुहरु हटाएपछि आक्रोसित भएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीसहित सत्ता गठबन्धनका मन्त्रीहरु बर्खास्त गर्ने हुनुभएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले हटाउने तयारी गरेपछि गठबन्धनका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्।
आज नै प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्रीलाई बर्खास्त गरेका गर्नुभएको थियो ।
संघीय सरकारबाट जसपाका मन्त्रीहरुलाई हटाइएपछि मधेस सरकारका मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेको मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो।






प्रतिक्रिया