अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको घोषणा पत्र मस्यौदा समितीका सदस्य जाकिर हुसेन एमाले प्रवेश

माओवादीको घोषणा पत्र मस्यौदा समितीका सदस्य जाकिर हुसेन एमाले प्रवेश


काठमाडौ -प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गर्नु भएको छ। माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेनले पार्टी त्यागेको घोषणा गरेलगत्तै एमालेमा प्रवेश गर्नुभएको हो ।
हुसेनलाई अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ बालकोट निवासमा एमालेमा प्रवेश गराउनुभएको हो ।

हुसेन संघीय साँसदका लागि उम्मेद्वारका आकांक्षी हुनुहुन्थ्यो । पार्टीले आफ्नो अवमूल्यन गरेपछि उहाँ असन्तुष्ट हुनु भएको थियो । उक्त क्षेत्रमा संघ र प्रदेशका गरी तीनवटै क्षेत्र काँग्रेसले राखेर माओवादीलाई रित्तै पारेको छ ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा हुसेन सुनसरी क्षेत्र नम्बर ४ क मा वामगठबन्धनको तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो ।