अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री हटाउने तयारी

मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री हटाउने तयारी


जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषद्बाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि त्यसको बदला जसपाले मधेस प्रदेशमा लिन लागेको हो । जसपाबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले कांग्रेसका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिइसक्नुभएको छ ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह हुनुहुन्छ ।

उहाँहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनिसकेको स्रोतले जनाएको छ । राजीनामा नदिए आजै उनीहरुलाई पदमुक्त गर्ने तयारी मुख्यमन्त्री राउतको छ। तर नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई भने नहटाउने बुझिएको छ ।