अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनामा युवकको मृत्यु

दुर्घटनामा युवकको मृत्यु


झापा-पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च १४९५ नंको भ्यानको ठक्करबाट मे६प १३९२ नंको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जनाएको छ ।