अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु


ताप्लेजुङ-ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ साँघुमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टर याम्फेवा खोला नजिक मध्यरातमा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालक मैवाखोला–५ काम्सङ बस्ने ३१ वर्षका पासाङ शेर्पा, उनको भाई २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षकी सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षकी लाकी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चालक पासाङ ट्याक्टरका माकिलसमेत हुन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।