अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एलपी साँवाले पहल गरेको शिवसत्ताक्षी र झापा गाउँपालिका जोड्ने कनकाई पुलको ठेक्का खुल्यो 

एलपी साँवाले पहल गरेको शिवसत्ताक्षी र झापा गाउँपालिका जोड्ने कनकाई पुलको ठेक्का खुल्यो 


काठमाडौं-नेकपा एमालेका निवर्तमान सांसद एलपी साँवाले विगतदेखि नै निर्माणको पहल गरिरहेको कनकाई नदीमा पुल निर्माण हुने भएको छ । 

झापा क्षेत्र नं ४ को रणनीतिक सडक अन्तर्गत शिवसत्ताक्षी नगरपालिका वडा नं ६ शिवगञ्जदेखि झापा गाउँपालिका वडा नं ७ कच्चुदह जोड्ने कनकाई नदीमा पुल निर्माणको लागि साँवाले पटक पटक पहल गर्नुभएको थियो । ६ सय ५० मिटर लामो उक्त पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढेपछि स्थानीयवासी  खुसी भएका छन् । सडक विभाग अन्तर्गतको पुल महाशाखाले एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेर पुलको टेण्डर आह्वान गरेको छ । 

साँवाँले प्रधानमन्त्री केपी शर्मा ओली भएको बेला २०७८ साल वैशाख ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई एक पत्र लेख्दै पुल निर्माणमा बजेट विनियोजन गरिदिन माग गर्नु भएको थियो । 

साँवाको मागमा मन्त्री नेम्वाङले उक्त पुल निर्माणका लागि बजेटको व्यवस्था गरिदिने प्रतिबद्धता जनाउनु भएको थियो । 

तीन वर्षभित्र निर्माण सम्पन्न गरिने उक्त पुलको लागत ३५ करोड रुपैयाँ रहेको छ । हाल ५ करोड रुपैयाँ विनियोजन पुल बनेपछि आफ्नै गाउँमा वारिपारि गर्न सहज हुने स्थानीयवासीको भनाइ छ । विकास प्रेमी साँवा यस पटकको निर्वाचनमा पनि झापा क्षेत्र नं ४ बाट एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।