अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेश सरकार र प्रदेश सभा सचिवालयसँग विवरण माग

मधेस प्रदेश सरकार र प्रदेश सभा सचिवालयसँग विवरण माग


काठमाडौं-निर्वाचन आयोगले मधेस प्रदेश सरकार र प्रदेश सभा सचिवालयसँग विवरण माग गरेको छ । आयोगले बिहीबार मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेश सभा सचिवालयलाई मुख्यमन्त्री तथा मन्त्रीले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको हो होइन भन्ने विषयमा विवरण माग गरेको हो ।

आयोगले मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट राखेर हिँडेको उजुरी प्राप्त भएको जनाएको छ । आयोगको पत्रमा भनिएको छ, ‘उल्लेखित पदाधिकारीहरूलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरु नियमानुसार फिर्ता गर्नुपर्नेमा सो सवारी साधनाहरू फिर्ता गरी दाखिला भए नभएको यकिन विवरण समेत यो पत्र प्राप्त भएको दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउनुहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’

यस्तै आयोगले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूका सरकारी सवारी साधन तत्काल नियन्त्रणमा लिएर कानूनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ ।