अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रदेश १ मा आज सार्वजनिक बिदा


काठमाडौं-प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेज विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने बताइएको छ । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।